• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

हरित अर्थतन्त्र विकासमा योगदान पुर्याउन समझदारी पत्रमा हस्ताक्षार

  • 2022-06-10 18:09:15
 

उर्जा दक्षताको प्रवद्र्धन तथा आधुनिक उर्जा प्रविधिको प्रयोगमा बढावा दिई हरित अर्थतन्त्र विकासमा योगदान पुर्याउन नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान बिच यही जेष्ठ २५ गते समझदारी पत्रमा हस्ताक्षार भएको छ ।  केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारी र प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले हस्ताक्षार गनुभएको थियो ।    

केन्द्रबाट गरिएको उर्जा दक्षता परिक्षण प्रतिवेदनमा उल्लेख भएका उर्जा दक्षता सम्बन्धि सुधारका कार्यक्रमहरु कार्यन्वयनको शुरुवात गर्न तथा सोको प्रभावकारिताबाट प्रतिष्ठानलाई उर्जा दक्षता सम्बन्धि सुधारका कार्यक्रमहरु प्रतिष्ठान परिसरमा अनवरत रुपमा प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।   

#TilgangaInstituteofOphthalmology #tilganga #AEPC